अवैध चाँदीसहित एक पक्राउ

असोज १०, जनकपुर । जनकपुरमा चेकजाँचको क्रममा अवैध चाँदी सहित एक जना पक्राउ परेका छन् ।   

प्रहरीले अवैध १८ किलो चाँदी सहित महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहरबा बस्ने वर्ष ३० का भरतकुमार साह लाई पक्राउ गरेको हो । 

ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा सवार साहले उक्त चाँदी   प्लास्टिकको ५ वटा पोका बनाई जनकपुरबाट भारतीय सिमावर्ती क्षेत्रतर्फ लगि रहेको अवस्थामा जनकपुर उपमहानगरपालिका वडा नम्बर २२ बासविट्टीमा चेकजाँच गर्दा पक्राउ परेको  प्रहरीले जनाएकोक छ ।   

प्रहरीका अनुसार साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको छ ।  सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार उक्त १८ किलो चाँदी करिब १३ लाख रुपैयाँ बराबरको रहेको छ ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *