सरकारको जस्तै काम गर्दै अमृतधारापानी सामुदायिक वन

असोज ७, चितवन ।  सामुदायिक वनलाई काठ दाउरा वितरण गर्ने संस्थाको रुपमा लिईन्छ । कतिपय वनहरु यस्तै पराम्परामा चलेका छन् । तर चितवनको राप्ती नगरपालिका ९ स्थित अमृतधारापानी सामुदायिक वन उपभोक्ता समुहले नेपाल सरकारले जस्तै आफ्ना उपभोक्ताहरुका लागि सामाजिक लगायत आर्थिक विकासको काम गर्दै आएको छ ।  

भूकम्प पीडितलाई घर बनाउन जस्ता काम होस वा बृद्धबृद्धालाई भत्ता वितरण लगायत काम गर्दैै आएको बन समुहका अध्यक्ष प्रेम बहादुर रिमालले जानकारी दिए । काठ दाउराबाटै मनग्य आम्दानी गर्न सफल यस बनले आफ्नो सेवा क्षेत्र भित्र रहेका जेष्ठ नागरीकलाई बृद्धभत्ता वितरण, व्यूटी  पार्लर, वाईरिङ र पलम्वीङ तालिम दिदैं आएको छ । 

२०७२ सालमा गएको भुकम्प पीडितहरुलाई निर्माण सम्पन्न भएको कागजपत्र ल्याए १० हजारका दरले सहयोग गरेको बनका अध्यक्ष रिमालले बताए । यस्तै आफ्नो सेवा क्षेत्र भित्र रहेका ४ वटा विद्यालयहरुलाई वार्षिक १,१ लाखका दरले अनुदान प्रदान आईरहेको पनि उनले बताए । यस बर्षदेखी एकल महिलाहरुलाई पनि सामाजिक सुुरक्षा भत्ता बितरण गर्ने योजना रहेको  बनका कार्यालय सचिव लेखप्रसाद खरेलले बताए । 

बनले सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो सेवा क्षेत्र भित्रका विपन्न, गरिब वर्गको आथिक बिकासका लागि गत वर्षदेखी पुँजीसहितको ठेलागाढा प्रदान गर्न सुरु गरेको छ । गत वर्षको कार्यक्रमलाई निरन्तरता दिदैँ मंगलवार ८ जना उपभोक्ताहरुलाई पुँजीसहितको ठेलागाढा बितरण गरेको छ । राप्ती ९ रसौलीका छबिलाल सुनार, डाँडागाउँका  रुपाकुमारी हमाल, अमृतपानीका इश्वर नेपाली, अमृतपानीकै स्मिता अधिकारी, खैरहनी ३ टुंगराकी कल्याणीदेवी उप्रेती, तेज बहादुर खरेल, खैरहनी ८ का रामलाल बिक र विफला चौधरीलाई बीउ पुँजी स्वरुप ५ हजार रुपैया र १४ हजार बरावरको ठेलागाढा बितरण गरिएको बनका कार्यालय सचिव खरेलले बताए ।  

सोही अवसरमा आरन व्यवसाय संचालन गर्दै आएका राम वहादुर विक र बुद्धीलाल बिकलाई व्यवस्थित रुपमा आरन संचालन गर्न नगद १० हजारका दरले अनुदान बितरण गरिएको खरेलले जानकारी दिए । इलाका वन कार्यालय खैरहनीका प्रमखु सहायक बन अधिकृत बिष्णु बहादुर केसी र वनका अध्यक्ष रिमालले उनीहरुलाई नगद र ठेला हस्तान्तरण गरेका थिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *