सिटिजन्स बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग प्रदान

असोज ६, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नशा रहित समाज नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।   

लागू औषधको दुरर्व्यसनमा परेका व्यक्तिहरुलाई यस कुलतबाट छुट्कारा गराउने  उदेश्यले नशा रहित समाज नेपाललाई बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रू १०१,००० को आर्थिक सहयोग स्वरूप प्रदान गरेको होे । 

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमकाबीच बैंकले रू १०१,००० को चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ । 

लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको कूप्रभावबारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने,सीप मूलक कार्यमा सहभागी गराई स्वावलम्बी बन्न सिकाउने, लागूऔषध प्रयोगबाट श्रृृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको यस सुधार गृहमाहाल २४ जना लागूऔषध दुरव्र्यसनमा फसेका युवाहरुको उपचारको क्रममा रहेका छन्।   

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *