पायो ग्रुपले ल्यायो ‘बदाम जुस’

भाद्र १७, भक्तपुर । पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा ल्याएको हो । 

 पायो बदाम ड्रिङ्क शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको छ । यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वहरुले स्वास्थमा लाभ हुने कम्पनीले जनाएको छ ।   

भारतको चेन्नाईको एक कम्पनी संगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रुपमा अर्गानिक भएको र आईएसओ सर्टिफाईड  र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए।   

साँथै, उनले पायो बदाम ड्रिङ्क बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी गरे । उनले भने, ‘नेपालमै केहि गर्नुपर्छ भन्ने मान्यताले केहि युवा मिलेर यो सुरुवात गरेका छौं । हाम्रा नेपालमा बजार पाउनेमा आशाबादी छौं ।’ 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =