आजको मौसमः पहाडी भू–भागमा भारी वर्षा हुने, पहिरोको जोखिम

भदौ २८, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा हाल औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ  । बंगालको खाडीबाट आएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ ।   

देशका केहि स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहितको हल्कादेखि मध्यम वर्षा साथै पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोधसमेत छ ।   

हाल अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। 

null

आगामी तीन दिनको मौसम   

भाद्र २८ गते शनिबार 

दिउँसोः देशभरी सामान्य  बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

भाद्र २९ गते आइतबार 

दिउँसोः देशभरी सामान्य बदली रही मध्य र पुर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।   

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

भाद्र ३० गते सोमबार 

दिउँसोः देशभरी सामान्य  बदली रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

रातिः देशभरी सामान्य रही केही स्थानहरुमा मेघ गर्जन एवं चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भेगका एक वा दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *