कामना सेवा र बि.ओ.के. क्यापिटल बीच सम्झौता, OD कार्ड पनि सुरू

असोज २, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीचमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौता अनुसार कामना सेवा विकास बैंकको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ ।   

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । 

null

सुरु गर्यो OD (Over Draft)  कार्ड   

 बैंकले OD (Over Draft) कार्ड सुविधा सुरु गरेको छ । बैंकले आजबाट सो सेवा शुभारम्भ गरेको हो । बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरे ।   

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले OD कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त बैंकका ग्राहकहरुले उक्त OD कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए । साथै, OD कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत बताए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *