तीजसंगै व्यापार पनि

भदौ १६, चितवन । तीजको  व्रतको दिन महिलाहरु विभिन्न कार्यक्रममा रमाईरहेका वेला चितवन रत्ननगर १ की पवित्रा वानियाँ आफ्नै व्यवसायमा व्यस्त छिन् । उनको फलफुल र चटपट पसल छ । सोही पसल नजिकै रेडियो अर्पणको आयोजना तीज उत्सव कार्यक्रममा सयौ महिलाहरु रमाईरहेका थिए । तर पवित्रा भने आफ्नै व्यवसायमा मस्त थिईन् ।  

उनी तीजको व्रत समेत वसेकी छिन् । हिजो देखीको भोको पेटमा तीज मानेर व्यवसाय गर्न पाउँदा उनलाई खुसीनै लागेको छ । विहान पुजा गरेर उनी नियमित व्यवसायमा व्यस्त देखिन्थिन् । अरु तीजका वेला रमाउँदा उनलाई पनि रमाउने मन त हुँदो हो । तीजमा नरमाउने को होला र पवित्राले भनिन् – तीज मनाउँदै व्यवसाय गर्न पाउँदा खुसी छु । उनको माईत तनहुँ दमौली हो ।  

उनी माईत नभई यही तीजमा रमाई व्यवसायमा भुलेकी छिन् । माईत जाने रहर सवैलाई हुन्छ उनले भनिन्, – व्यवसाय गरेपछि कहिले समय मिल्दैन,कहिले वाध्यता हुन्छ,जे छ त्यसैमा रमाउनु पर्छ  । चटपट नियमित विक्री हुने भएपनि फलफुलले कहिले काँही निरास वनाउने उनको भनाई छ । उनले दिनमा ३ हजार सम्मको चटपटको कारोवार गर्छिन् । सरदर १५ सय सम्मको कारोवार हुन्छ । त्यसबाट ५,६ सय वच्ने उनले सुनाईन् । उनको सो व्यवसायबाट वालवच्चा पढाउन र खान लाउन सहज भएको छ । उनका श्रीमान्,एक छोरा ,एक छोरी छन् । श्रीमान् विदेशमा छन् । आफैले कमाएको पैसाले पूर्ण रुपमा घर धान्न गाह्रो पर्ने वताएकी उनले श्रीमानले कमाएको पैसाले जीवन गुजारा गर्दै आएकी छिन् ।   

चितवनमा तीजको रौनक 

नेपाली महिलाहरुको महान चार्ड तीजको अवसर पारेर चितवनका विभिन्न संघसंस्थाहरुले कार्यक्रम गरेका छन् । विषेशत यहाँ रहेका एफएम ,रेडियोहरुले महिलाहरुका लागि कार्यक्रम गरेका छन् । जिल्लाको कालिका एफएम,सिनर्जी एफएम,रेडियो अर्पण,रिलेसन एफएम ,ग्रेट एफएम,खैरहनी नगरपालिकाले छुट्टा छुट्टै रुपमा तीज उत्सव तथा सचेतनामुलक प्रतियोगितात्मक कार्यक्रम गरेका छन् । ति कार्यक्रम तथा प्रतियोगितामा  राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको समेत प्रस्तुती रहेको थियो  ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *