खैरहनीमा नृत्य र चित्रकला प्रतियोगिता

भाद्र २०, चितवन ।  शिक्षा दिवसको अवसर पारेर खैरहनी नगरपालिकाले शुक्रवार अन्तर मावि तह स्तरीय लोक नृत्य तथा आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको छ । 

अन्तर मावि स्तरीय नृत्य प्रतियोगितामा इन्टरनेशनल इंग्लिस मोडल स्कुल प्रथम भएको छ । मदरल्याण्ड इंग्लिस वोडिङ द्धितिय हुँदा सैनिक आवासीय महाविद्यालय तृतिय भएको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।  

त्यस्तै आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा नेपाल आर्दश शिक्षा सदन प्रथम भएको छ । त्यस्तै सैनिक आवासीय महाविद्यालय र मदरल्याण्ड इंग्लिस वोडिङ क्रमस द्धितिय र तृतिय भएका छन् । 

 प्रतियोगिता खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाको प्रमुख आतिथ्यतामा भएको थियो ।  विजयी विद्यालयहरुलाई भदौ २२ गते शिक्षा दिवसका दिन पुरस्कृत गरिने स्थानीय शिक्षा अधिकारी पौडेलले वताए । सोही दिन नगर भित्र रहेका मध्ये उत्कृष्ठ सामुदायिक र संस्थागत विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *