‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै रकम असुल्न खोज्ने दुई पक्राउ
२०७६ भदौ १९ गते

भाद्र १९, काठमाडौँ । महानगरीय अपराध महाशाखाले ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै रकम लिन खोज्ने दुई व्यक्तिलाई पक्राउ गरेका छन् ।
पक्राउ परेका उनीहरुलाई उनीहरुलाई विशेष सूचनाको आधारमा मंगलबार काठमाडौंकाे हलचोक र क्षेत्रपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हाल काठमाडौं सामाखुशी बस्दै आईरहेका तेह्रथुम आठराई गाउँपालिका-१ घर भएका २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस-८ घर भएका ३१ वर्षीय हिमाल लिम्बु रहेको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई अपराध महाशाखाको असई हुँ भनी बिभिन्न डर-धम्की देखाई रकम असुल्न खोजेका थिए ।
हाल उनीहरुलाई कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित









