पिप्ले स्वास्थ्य चौकीमा प्रयोगशाला

भाद्र २५, चितवन  ।  चितवनको राप्ती नगरपालिका २ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ ।  

राप्ती २ वडा कार्यालयको वजेट मार्फत संचालन गरिएको प्रयोगशालाको बुधवार एक कार्यक्रमका बीच राप्ती नगरपालिका प्रमुख प्रभा वरालले उद्घाटन गरिन् । राप्ती  वडा नम्वर १,२ र ३ लाई लक्षित गरि वडाको वजेटले प्रयोगशाला संचालन गरिएको राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले वताए । 

उप्रेतीका अनुसार प्रयोगशालामा रगत, दिसा, पिसाव, खकार परिक्षण गरिनेछ ।  प्रयोगशालाको उद्घाटन गर्दै नगर प्रमुख वरालले रगत, दिशा पिसाव परिक्षण गर्न भण्डारा, भरतपुर धाउनु पर्ने वाध्यताको अन्त्य भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरिन् । 

वडाध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, स्वास्थ्य शाखा संयोजक राजेन्द्र पराजुली लगायतले मन्तव्य राखेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *