सरकारी जग्गा अतिक्रमण प्रकरणः अख्तियारले भन्यो ललिता निवासका मोही सबै नक्कली

भदौ १८, काठमाडौँ । बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो ।   

तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार ढाल्ने अनि प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरुको सम्पत्तीसमेत जफत गर्ने सुइँको पाएपछि सुवर्णशमशेरले बालुवटारको जग्गा पत्नीसहित आफ्ना सन्तानलाई दिएका थिए । सुवर्णशमशेरले २०१७ असार ३० गते ५७ रोपनीका दरले श्रीमती स्वेतप्रभासहित छोरा र बुहारी गरी पाँच जनालाई सम्पत्ती बकपत्र गरिएका हुन् ।   

बाँकी रहेको १४ रोपनी ११ आना जग्गा मात्रै आफ्नो नाममा राखेका थिए । गृह मन्त्रालयका अनुसार सरकारबाट जफत भएको जग्गा १४ रोपनी ११ आना मात्रै देखिन्छ । 

null

यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =