रोल्पामा पहिरो, एकै गाउँका ६ जनाको मृत्यु

भदौ २७, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका छेर्लाबाङमा पहिरोमा परी एकै गाउँका ६ जनाको मृत्यु भएको छ ।   

बिहीबार राति आएको पहिरोमा परी  एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा २८ वर्षीय शीरकुमारी झाक्री र उनको ४ वर्षीय छोरा असल बुढा रहेका छन् । त्यस्तै अर्का परिवारमा ३८ वर्षीय जय बुढा, उनकी पत्नी ३६ वर्षीया मुलज्योती बुढा, नौ वर्षीया छोरी देवस्ती र दुई वर्षीया छोरी करिस्माको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।  

Image result for पहिराे

पहिरोले एक घर र तीन गोठ पहिरोले पुरिदा ४२ वटा पशुको समेत मृत्यु भएको जानकारी दिइएको छ ।  (फाइल तस्विर) 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =