Teach For Nepal लाई सानिमा बैंकको आर्थिक सहयोग

भाद्र १८, काठमाडाैँ । शैक्षिक क्षेत्रमाथप टेवा पुर्याउने हेतुले सानिमा बैंकले Teach For Nepal-(An Educational movement to strengthen Public Education through outstanding Nepali youths & young professionals) लाई रु. १० लाख सहयोग गरेको छ ।
विगतको सहयोगलाई निरन्तरता दिदैँ यस बैंकले रु. १० लाख सहयोग गरेको हाे। सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका (vision) साथ Teach For Nepal विगत ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ । हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १०,००० भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छन् ।
साथै, यस बैंकले विगत ७ बर्ष देखिनै सामाजिक उत्तर दायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकाे छ ।

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा,१ एक्सटेन्सन काउन्टरर ७५ वटा ए.टि.एम. रहेका छन् ।









