फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पुरा, भदौ २५ देखि सुरु हुँदै

भदौ १८, काठमाडौं । आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सातौँ फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ को तयारी पुरा भएको छ ।   

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनी स्थलको भौतिक काम बाहेकको सबै तयारी पुरा भएको आयोजक संस्थाले जानकारी दिएको हो ।   

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि २९ गतेसम्म चल्ने सातौँ संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पुरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए ।   

किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल, लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ । कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस, फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ ।   

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए ।  

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्सपोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् भने नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसियनले सहयोग गरेको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ ।   

५ दिनसम्म चल्ने एक्सपोमा स्वदेशी तथा विदेशी गरी १ सय २० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *