यस्तो छ सोमबारको मौसम

असोज ६, काठमाडौँ ।  मौसममा क्रमिक रुपमा सुधार भएपनी  पुरा सुधार हुन केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली भईरहेको छ भने पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।   

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली भईरहने महाशाखाले जनाएको छ । मौसमविदका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

Related image

रातको समयमा आज  देशको पश्चिमी भू-भागमा  आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य बदलि  रहनेछ। साथै पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमका १र२  स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *