भक्तपुरबाट लागूऔषध र धारिलो हतियार सहित २ पक्राउ
२०७६ भदौ २२ गते

भाद्र २२, काठमाडौँ । आईतबार दिउँसो प्रहरीले भक्तपुरबाट लागूऔषध र धारिलो हतियार सहित २ युवालाई पक्राउ गरेको छ ।
गोरखा सिरानचोक २ घर भइ भक्तपुर बालकोट बस्ने २१ वर्षीय सुरज थापा र भक्तपुर सुर्यविनायक नगरपालिका २ बालकोट बस्ने २० वर्षीय कविराम पसखल लाई प्रहरीले पक्राउ गरेको हो ।
२७४१ नम्बरको स्कुटर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीमा चेकजाँच गर्ने क्रममा लागूऔषध र धारिलो हतियारसहित थापा र पसखल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १२ थान नाईट्राभेट तथा धारिलो हतियार चक्कु र कैँची फेला पारिएको छ । पक्राउ परेको उनीलाई कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित









