एभरेष्ट इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा

असोज १, काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. को २४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । 

अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे शुरु भएको उक्त सधारण सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।   

कम्पनीको २४ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसंग गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ  । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *