अवैध रकम सहित सुन पसल संचालक पक्राउ

भाद्र २०, कैलाली । प्रहरीले कैलालीको धनगढीबाट अवैध रकम सहित एक सुन पसल संचालकलाई पक्राउ गरेको छ । 

प्रहरीले बिशेष सूचनाको आधारमा २९ लाख ८० हजार रुपैयाँ अवैध रकम सहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको हो ।   

बर्माले चढेकाे युपी ३१ एके ७३४८ नम्बरको कार खानतलासी गर्दा लुकाएर ल्याउँदै गरेको अवैध रकम सहित कैलाली भन्सार कार्यालय नजिकैबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिएका छन् ।   

प्रहरीका अनुसार पक्राउ परेका उनको साथबाट अवैध रकम सहित विभिन्न बैैंकका ६ वटा एटिएम कार्ड र खाली चेक समेत फेला पारिएको छ ।   

हाल पक्राउ परेका बर्मामाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *