डाक्टरको घरमा बारम्बार चोरी गर्ने सङ्गीता पक्राउ

भाद्र २४, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । 

 बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । 

डा रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 

Image result for चोरी गर्ने  महिला पक्राउ

उजुरी पश्चात् प्रहरीले घरमा जडान गरेको सिसी क्यामेराको सहायताबाट उक्त महिला चोरीमा संलग्न भएको पुष्टि भएको हो । गिरीका अनुसार दर्नाल डा घिमिरेको घरमा लामो समयदेखि सहयोगीका रुपमा काम गर्दै आएकी थिइन् । 

घरमा कोही नभएको मौका छोपेर महिलाले घरको सेफमा राखेको सुनका गहना, विदेशी मुद्रा तथा नगद गरी रु पाँच लाख मूल्य बराबरको सामान चोरी गर्दै सुन पसल र मनि एक्सचेन्जमा गएर अवैधरुपमा सटही गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

अवैधरुपमा सटही गर्ने करुण सुनचाँदी पसल सञ्चालक राजन सुनुवार र न्यू नेपाल मनि एक्सचेन्जका सञ्चालक उत्तम भट्टराईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

उनीहरुलाई आज जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थाल्ने निरीक्षक गिरीले जानकारी दिए । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *