बस दुर्घटना हुँदा ५ जना घाइते

असोज १२, धादिङ । आइतबार  धादिङमा बा ४ ख ५७९३ नम्बर बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । 

धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसी जाँदै गरेको बस बिहान नीलकण्ठ नगरपालिका– १३ केराम्जामा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । 

घाइते हुनेहरुमा नेत्रावती डबजोङ गाउँपालिका–कटुञ्जेका ६४ वर्षीय दलबहादुर तामाङ, ५५ वर्षीया हस्तकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ, ४८ वर्षीय राजु परियार र ६० वर्षीया सन्तमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।   

Image result for बस दुर्घटना

 अत्याधिक तिब्रगतीमा गुडेको उक्त बस नियन्त्रणमा आउन नसक्दा सडक देखी  करिब एक सय मिटर तल खसेर दुर्घटना भएको  प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी तीन जना भने गम्भिर घाईते भएको र अन्य दुईको अवस्था भने सामान्य रहेको  प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बस दुर्घटना गराउने बस चालक  काठमाडौं महानगरपालिका-३ रामकोट का २६ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =