यसरी खिच्नुस् उत्कृष्ट सेल्फी

भाद्र २२ ।  हुन् त आजभोली जो कोही पनि सेल्फी खिची नै रहेका हुन्छन् l यदि हामीले सेल्फी खिच्ने तरिका जानौं भने वास्तवमै हाम्रो फोटो सुन्दर देख्नका साथ साथै आकर्षित पनि देखिन्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ कसरी खिच्ने त उत्कृष्ट सेल्फी? सेल्फी खिच्दा अपनाउने गर्नुहोस् यी तरिका जसले गर्दा तपाइको सेल्फी उत्कृष्ट देखिन्छ l 

व्युटि फिल्टर नराख्ने : 

सर्वप्रथम त सेल्फीमा ब्युटी फिल्टरको प्रयोग नगर्नुहोस् । यदि तपाईँ सेल्फिमा ब्युटी फिल्टरको प्रयोग गर्नुहुन्छ भने यसले फोटोलाई बिगारिदिने गर्छ । त्यसैले यसको प्रयोग गर्नुभन्दा त उपयुक्त सेल्फीमा भएको लाइटको प्रयोग नै गर्नु उचित रहन्छ l 

Image result for सेल्फी

क्यामरा तर्फ नहेर्ने : 

तपाईँ सुन्दा पक्कै पनि अचम्म लाग्न सक्छ तर सेल्फी खिच्दा कहिल्यै पनि क्यामेरा तर्फ हेर्नु हुँदैन l यदि तपाईँ सिधै क्यामेरा तर्फ हेर्नुहुन्छ भने अनुहारको एक्सप्रेसन राम्रो नदेख्नुको साथ साथै फोटोको पोज पनि त्यति राम्रो हुँदैन । त्यसैले सेल्फी खिच्दा क्यामेरा तर्फ नहेर्नुहोस् l 

बिचमा नबस्ने : 

यदि तपाईँ सेल्फी खिच्दै हुनुहुन्छ भने स्वयं झुक्किएर पनि बिचमा नबस्नुहोस् । बरु बिचमा बस्नुको सट्टा दायाँ वा बाँया बस्नुहोस् l जसले गर्दा तपाइको फोटो सुन्दर देखिनेछ l 

जुम : 

के तपाईँ सेल्फी खिच्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने सेल्फी खिच्ने बखत मोबाइलमा भएको डिजिटल जुमबाट हटाउनुहोस् । यदि तपाईँ सेल्फी खिच्दा जुम गरेर नै खिच्नु हुन्छ भने यसले तपाइको फोटोको क्वालिटी घटाउनका साथ साथै फोटोलाई भद्दा पनि बनाउने गर्छ l 

सेल्फी स्टिक नदेखाउने : 

यदि तपाईँ सेल्फी खिच्दै हुनुहुन्छ भने फोटोमा सेल्फी स्टिक आएको छ कि छैन भन्ने कुरामा ध्यान दिनुहोस् । किनकि सेल्फी लिँदा फोटोमा स्टिक देखा परेमा त्यो फोटो उत्कृष्ट मानिदैनन l त्यसैले सेल्फी लिँदा स्टिक आउनु हुँदैन l 

माथिबाट सेल्फी नखिच्ने : 

धेरै मानिसहरू माथिबाट सेल्फि लिने गर्छन् । हात टाढा लगेर फोटो लिँदा त्यति राम्रो लाग्दैन । त्यसैले सेल्फी खिच्दा क्यामराको लेभललाई सन्तुलित बनाउनुपर्छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *