२ वर्षे पोष्ट–स्टडी वर्क भिसाबारे व्रिटिस काउन्सिलको इन्फोसेसन

काठमाडौं । अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि बेलायत सरकारले जारी गरेको नयाँ भिसा नितीका सन्दर्भमा व्रिटिस काउन्सिलले राजधानीमा एकदिने इन्फोसेसन आयोजना गरेको छ । 

विहिबार त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा व्रिटिस काउन्सिलले भर्खरै बेलायतले जारी गरेको २ वर्षे पोस्ट स्टडी वर्क भिसा नितीका बारेमा शैक्षिक परामर्श ब्यवसायी र सरोकारवालालाई विस्तृत जानकारी गराएको हो ।   

बेलायतले प्रतिभाशाली अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि बेलायतमा सफल करियर निर्माण गर्ने अवसरहरूको रुपमा स्नातक अध्ययनका लागि जाने विद्यार्थीलाई २ वर्षे पोस्ट स्टडी वर्क सुरु गरेको बताइएको छ ।   

स्नातक तह वा त्यसभन्दा माथि अध्ययन गरिरहेका विद्यार्थीलाई  अध्ययन गर्न पूरा गरेको दुई बर्षको लागी काम गर्न, वा काम खोज्न अनुमति दिनेछ । यो सुविधाले नेपाली विद्यार्थीलाई समेत ठूलो फाइदा पुग्ने व्रिटिस काउन्सिलको भनाई छ ।   

इन्फोसेसनका बोल्दै व्रिटिस काउन्सिलकी गृह सचिव प्रिती पटेलले २ वर्षे पोस्ट स्टडी वर्क भिसाले विदेशी विद्यार्थी जो बेलायत गएर उच्च शिक्षासँगै आफ्नो करियर बनाउन चाहन्छन् उनीहरुलाई धेरै फाइदा पुग्ने बताइन् ।   

‘विज्ञान, गणित, टेक्नोलोजी वा इन्जिनियरिङ विषयमा युकेमा अध्ययन गर्न चाहने विद्यार्थीलाई करियर निर्माण गर्न यो भिसाले ठूलो सहयोग पुग्छ ।’ उनले भनिन् । 

कार्यक्रममा बोल्दै व्रिटिस काउन्सिलका शिक्षा विभागका निर्देशक मेडालाइन एनसलले यो प्रावधानले अन्तराष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गरेपछि दक्ष काम खोज्न अझ बढी समय दिने बताए । उनले काउन्सिलले पनि लामो समयदेखि अन्तराष्ट्रिय विद्यार्थीहरू बेलायतमा आउँदा त्यसले बेलायतमा  ल्याउने अथाह आर्थिक, सामाजिक तथा सांस्कृतिक लाभलाई मान्यता दिएको बताउँदै सन् २०३० सम्ममा युकेमा ६ लाख विदेशी विद्यार्थी भित्र्याउने महत्वकांक्षी अभियान समेत सफल हुन बताए । 

अहिले बेलायती विश्वविद्यालयहरुले सन् २०२०÷२१ का लागि आवेदन खुलाईसकेका छन् । २ वर्षे पोस्ट स्टडी वर्क भिसाले स्नातक पछि काम गर्ने अवसर खोज्ने अवसरहरू प्रदान गर्दछ । यो सन् २०१२ मा बन्द गरिएको थियो । बेलायती नयाँ भिसा प्रणालीले नेपाली विद्यार्थीहरु समेत उत्साहित भएका छन् ।   

उक्त इन्फोसेसनमा राजधानीका प्रतिष्ठित शैक्षिक संस्था, नेपाल शैक्षिक परामर्श संघ इक्यानका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *