दशैं तिहारमा टेकमाईन्ड्स नेटवर्कको टिभी उपहार अफर

असोज १०, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं र तिहारको उपलक्ष्यमा टेकमाईन्डस नेटवर्क प्रालिले ‘दशैं तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार’ अफर ल्याएको छ ।
नेपालकै सबैभन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी मध्यको एक टेकमाईन्डस् नेटवर्क प्रालिले नयाँ ईन्टरनेट जोड्ने ग्राहकहरुको लागि यो अफर ल्याएको कम्पनीका सेल्स सर्भीस सेन्टर प्रमुख यमन भुषालले जानकारी दिए ।
उनले यस अफर अन्तर्गत ग्राहकले २७ हजार १ सय ६९ रुपैयाँ तिर्दा १४ महिना २५ एमबीपिएस गतिमा ईन्टरनेट चलाउन सकिने र त्यसमा ३२ इन्चको एलईडी टिभीको साथमा १४ महिनानै म्याक्स टीभी पनि निःशुल्क हेर्न सकिने गज्जबको अफर ल्याएको बताए ।

त्यस्तै उनले पुराना ग्राहकलार्ई पनि मध्यनजर गर्दै ९ महिनाको रिचार्ज गर्दा १३ महिना ईन्टरनेट चल्ने अफर पनि दिइएको बताए । वि.सं २०५८ सालमा चितवनबाट ईन्टरनेटको दुनियाँमा प्रवेश गरेको टेकमाईन्डस् नेटवर्क प्रालीले हाल राजधानी लगाएत नेपालका ५६ वटा जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकको छ भने आगामी वर्ष भित्रैमा देशका ७७ वटै जिल्लामा आफ्नो सेवा बिस्तार गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख ई.कमल राज बास्तोलाले जानकारी दिए ।
हाल यस संस्थामा प्रत्यक्ष ५०० भन्दा बढिले रोजगारीको अवसर पाएका छन् भने देशमा ईन्टरनेट क्षेत्रलाई अहिलेको जस्तो सर्वसुलभ बनाउन पनि महत्वपुर्ण भुमिका खेलेको छ ।








