आजबाट २५ गते सम्मको लागि अदालतमा बिदा

असोज १२, काठमाडौँ । आज १२ गते देखी २५ गते सम्मकालागि देशभरको अदालत बिदा भएको भने २६ गते देखी पुनः अदालतको काम कारवाही संचालन हुनेछ ।   

दशैँका कारण आज घटस्थपानादेखि १५ दिन अर्थात २५ गते सम्मको लागि यस वर्ष पनि सबै तहका अदालत तथा न्यायाधीकरणहरुमा बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।   

उनका अनुसार हरेक वर्ष दसैँको अवसरमा घटस्थपानादेखि कोजागत पूर्णिमासम्म बिदा हुँदै आईरेको छ भने यस वर्ष पनि सोही अनुरुप बिदा दिईएको हो ।   

Image result for अदालतमा बिदा

अदालतको नियमित काम कारबाही बन्द हुने भए पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र जिल्ला अदालतहरुबाट पक्राउ पुर्जी जारी गर्ने काम भने यथावत नै रहने उनले जानकारी दिए ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *