संविधान दिवस नमनाउनेलाई राष्ट्रघाती भनेर देखाउन राजेन्द्र महतोको चेतावनी

असोज २, काठमाडौं । सरकारले उर्जी जारी गर्दैमा संविधान दिवस नमनाउने राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले बताएका छन् । सिंगो सरकारले समेत संविधान दिवस मनाउन सक्ने अवस्था नरहेको भन्दै राजपा नेता महतोले संविधान दिवस नमनाउनेलाई राष्ट्रघाति भन्न चेतावनी दिए ।   

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता महतोले सरकारमा रहेका सबै पार्टी र देशभरका सरकारले संविधान दिवस मनाएर देखाउन सरकारलाई चेतावनी दिए । केन्द्र सरकारमा रहेका समाजवादी पार्टीले संविधान दिवसमा दिपावली पनि नगर्ने, कालो दिवस पनि नमनाउने निर्णय गरेको प्रति इङ्गित गर्दै महतोले भने ‘हामीले मनाएनौं ठीकै छ, सरकारमा रहेका पार्टी र नेताले मनाउँछ कि मनाउँदैन ?’ 

महतोले सरकारले उर्दी जारी गर्दैमा दिपावली नमनाइने बरु ब्लाक आउट हुने भन्दै महतोले संविधान दिवस नमनाउनेलाई राष्ट्रघाती भन्न सरकारलाई चुनौती दिए । ‘मधेसीले मनाउँदैन, राष्ट्रघाती भनिरहेको थियो । अब संविधान दिवस थारुले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । पहाडका जनजातिले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । त्यसो भए राष्ट्रवादी को त ?’ सरकारलाई महतोले प्रश्न गरे ।   

null

उनले गाइजात्रे हिसाबले संविधानलाई ब्यवहार नगर्न आग्रह गर्दै महतोले एकल जातीय अहंकारबाट देशलाई मुक्ति दिनुपर्ने, हिमाल, पहाड, तराई मधेसमा बस्ने सबैको साझा देश बनाउनु पर्ने बताए । ‘सबैको लागि त्यो संविधानमा स्पेस नबनाएसम्म सबैको स्वामित्व हुने गरी नबनाएरसम्म दिवस उत्सव हुँदैन’ उनले भने । 

महतोले छ वटा संविधान जसरी गयो सातौं त्यसरी नजाओस् संशोधन गरौं । नभए विद्रोह हुनसक्छ भन्दै चेतावनी दिए । उनले शुक्रबार ७० प्रतिशत जनता दिपावली गर्ने पक्षमा नरहेको दाबी गरे । उनले भने, ‘दिपावली होइन भोलि ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्दैछन् ।’ 

उनले सरकारका उपप्रधानमन्त्री नै संविधान दिवस मनाउने पक्षमा नरहेको भन्दै संविधान संशोधन गर्नुपर्ने बताए । उनले सरकारले गरेको कामको पनि आलोचना गरे ‘सरकारले उल्टोउल्टो काम गर्छ गर्नुपर्ने काम गर्दैन, सरकार के के गर्छ के के गर्छ । खोइ वाइड बडी, खोइ निर्मला पन्तको हत्यारा ? बालुवाटार विक्री भइसक्यो सिंहदरबार पनि विक्री गर्ने हो ? बताइदिनु र्पयो ।’ महतोको प्रश्न थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *