अवैध चाँदीसहित २ पक्राउ

असोज १२, धनुषा । गएराती धनुषा प्रहरीले चेकजाँचको क्रममा अवैध चाँदी सहित २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जनकपुरधामस्थित ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारतको बिहार राज्य अन्तर्गत मधुवनीका धिरज ठाकुर रहेको प्रहरीले जनाएको छ । 

धनुषाको जटही हुँदै भारततर्फ जाँदै गरेको बा.११ च. १२५० नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा अवैध चाँदी सहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।   

पक्राउ परेको उनीहरुको साथबाट प्रहरी ७ किलो चाँदी फेला पारेको र घटनाबारे अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ । ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *