पुरुष र महिलाद्वारा काठमाडौँको जंगलमा आत्महत्या

भाद्र १७, काठमाडौं ।  खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् ।  

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए ।   

प्रातःभ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा  घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिए । उनीहरु दुवैजना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ ।   

Image result for आत्महत्या

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे । आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए । 

खोटाङ बस्दै आएकी दमाइँ काठमाडौँ आएको कारण भने खुलेको छैन । उनी काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *