चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री ज्ञवालीबीच समझदारीपत्रमा हस्ताक्षर

भाद्र २३, काठमाडौँ  । सोमबार चिनियाँ विदेशमन्त्री वाङ यी र  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ । 

नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ यी र  परराष्ट्रमन्त्री ज्ञवालीबीच  काठमाडौंको याक एन्ड यति होटलमा भेटवार्ता भएको हो । 

दुई मन्त्रीबीच औपचारिक भेटवार्तामा  नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन्। 

 आजको भेटवार्तामा  नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । भेटवार्तामा  दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल हुने क्रमा सो समझदारीपत्रमा हस्ताक्षर गरिएको बताईएको छ ।   

उक्त समझदारीपत्रमा मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने सम्बन्धी हस्ताक्षर भएको जानकारीमा आएको छ   

परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ विदेशमन्त्रीको सम्मानका लागि  आजै रात्रिभोजको आयोजना समेत गरेका छन् । 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *