प्रचण्ड र देउवाले भेटे चिनियाँ विदेशमन्त्री वाङ यीलाई

भाद्र  २४, काठमाडौँ ।  चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।   

नेपाल भ्रमणमा  आएका विदेशमन्त्री  वाङ यी र प्रचण्ड र देउवाबीच दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।   

प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड र विदेशमन्त्री वाङ यी बीच नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहकार्य र सहयोगलाई थप बिस्तार गर्नेबारे छलफल भएको छ ।   

आईतबार  बेलुका नेपाल भ्रमणमा आएका विदेशमन्त्री  वाङ यी मंगलबार स्वदेश फिर्ता हुँदैछन् ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *