धुवाँ धुलाेबाट कसरी बच्ने ? यस्ताे छ चिकित्सककाे सल्लाह (भिडियाेसहित)

भदौ १८, काठमाडौं । बढ्दो शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन, अव्यवस्थित सडक निर्माण, विभिन्न कलकारखाना तथा पुराना सवारी साधनहरुबाट निस्कने रसायनिक धुवाँ धुलाको सही व्यवस्थापन नहुँदा शहरी भेगका अधिकांश मानिसहरुको जनजीवन अस्तव्यस्त छ ।   

धुवाँ धुलोका कारण विभिन्न रोगको शिकार भएका छन् मानिसहरु । अव्यवस्थित तथा निर्माणाधिन अवस्थामा रहेका विकासका कार्ययोजनाहरुका कारण विराटनगरवासी पनि यो समस्या भोग्न बाध्य भएका छन् । धुवाँ धुलो, प्रदुषणले  जनमानसमा दम, खोकी, श्वास प्रश्वासमा समस्या लगायतका रोगहरु बढ्दो रुपमा देखा पर्न थालेका छन् ।   

वातावरण प्रदुषणकै कारण सर्वसाधारणमा दम, खोकी, छालाको एलर्जी लगायतका समस्या बढ्दै गएको छाती रोग विषेशज्ञ पुरु कोइराला बताउँछन् । 

गत दुई वर्षदेखि विराट मेडिकल कलेजको ओपिडिमा यस्तै समस्या लिएर आउने मानिसहरुको संख्या बढेको उनले बताए । धुवाँधुलोबाट देखिने यी यावत् रोगहरुबाट कसरी बच्ने ? भन्ने विषयमा डा. पुरु कोइरालासँग मकालु खबरले गरेको भिडियो कुराकानीः   

हेर्नुहोस् भिडियोः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *