डेगुं नियन्त्रण गर्न प्रत्येक टोललाई ५ हजार रुपैयाँ

भाद्र १९, चितवन । चितवनमा  डेंगुको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणको लागि स्थानिय तह समेत सक्रिय भएको छ । डेंगुको संक्रमण रोक्न कालिका नगरपालिकाले लामखुट्टे खोजी र नष्ट गर्ने अभियान सुरु गरेको छ । 

 नगरपालिकाले टोल विकास संस्थाहरुलाई सक्रिय रुपमा खटिएर लामखुट्टेको वासस्थान खोजी र नष्ट गर्न प्रत्येम टोललाई नगद ५ हजार रुपैँया दिने भएको छ । चितवनमा हालसम्म २ हजार १ सय ६८ जनाको परिक्षण गरिएकोमा ६ सय ८० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । 

कालिका नगरपालिकामा मात्रै ८ जनामा डेंगु देखिएपछि नगरपालिकाले लामखुट्टे वासस्थान खोजी र नष्ट गर्ने अभियान सुरु गर्न बिहिबार जनप्रतिनिधिहरु , टोल विकास संस्थाका अध्यक्षहरु , शिक्षक र सरोकारवालाहरुलाई डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण दिएको हो । 

 नगरपालिकाले दुईवटा विद्यालयको समूह र टोल विकास संस्थाको समूह गरि दुई समूह बनाएर डेंगु नियन्त्रणमा लागेको नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । विद्यालय समूहले जनचेतनामूलक कार्यक्रम गर्ने र टोल विकास संस्थाको समूहले टोल टोलमा लामखुट्टेमको वासस्थान खोजी र नष्ट गर्ने मेयर श्रेष्ठले बताए ।  

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम के सीले डंगुको लक्षण , डेंगुको रोकथाम गर्ने उपाय र लामखुट्टेको वासस्थान पहिचान गरि नष्ट गर्ने बारेमा जानकारी दिएका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *