किताबखानाका शाखा अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ ३१, काठमाडौं । काठमाडौं ताहाचलस्थित किताबखानाका शाखा अधिकृत तथा शिक्षक अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) पराजुली र केसीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।   

उनीहरुले अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात् गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरिदिनका लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।   

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले शाखा अधिकृत पराजुली र नायव सुब्बा केसीलाई सेवाग्राहीबाट घुस वापतको  १५ हजार रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रंगेहात नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   

उनका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम उनीहरुलाई जनही १५ हजार विगो मागदाबी सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =