नगरपालिका घोषणा भएको दिन राप्तीमा संविधानबारे चर्चा

असोज १, चितवन ।  नगरपालिका घोषणा भएको अवसर पारेर चितवनको राप्ती नगरपालिकाले नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ का प्रमुख प्रावधानबारे बुधवार अर्न्तक्रिया गोष्ठी गरेको छ । 

 संविधान दिवससंगै नगरपालिका घोषणा भएको अवसरमा संविधानका सरोकारवालाहरुबीच अर्न्तक्रिया गरिएको हो । कार्यक्रममा राप्ती नगरपालिका मेयर प्रभा वरालले नेपालको संविधान विश्वकै उत्कृष्ठ रहेको बताउँदै यसको कार्यान्वयनमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताईन् । 

लामो संर्घषपछि मुलुकले नयाँ संविधान पाएको छ, यसको दृढताका साथ पालना गर्नु पर्छ मेयर बरालले भनिन् –  प्रत्यक्ष नागरीक ठोकिने स्थानीय तहका जनप्रतिनिधीहरु संविधान कार्यान्वयमा लाग्न जरुरी छ । मेयर बरालले बिकृती नियन्त्रण, भ्रष्टचार मुक्त समाज निर्माणमा लाग्न सवैलाई आग्रह समेत गरिन् । 

राप्तीका उपमेयर इमानसिंह लामाले संविधान कार्यान्वयनमा सवै लाग्नु पर्ने भन्दै जनप्रतिनिधीहरुले संविधानकाबारे आम नगरवासीलाई बुझाउन सक्नु पर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले कार्यक्रमको उदेश्यमाथी प्रकास पारेका थिए । 

 कार्यक्रममा अधिवक्ता जगन्नाथ भण्डारीले मुलुकी देवानी संहिता ऐन २०७४ का बारे र अधिवक्ता नुनराज सिलवालले स्थानीय सरकार संचालन ऐनमा भएका व्यवस्थाकाबारे जानकारी गराएका थिए । सोही अवसरमा संविधान दिवसको अवसरमा यही असोज २,३ र ४ गते प्रत्येक नगरवासीको घरघरमा दिप प्रज्ज्वलन गर्न गराउन आह्वान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *