कृषिमन्त्री पछि नेकपाका नेता बामदेव गाैतमलाई पनि डेंगु

भाद्र २४, काठमाडाैं । सर्वसाधारणमा देखिएकाे सरूवा राेग डेंगुले अब मन्त्री, सांसद र ठूला दलका नेतालाई समेत लाग्न थालेकाे छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ । 

उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । सरकारका कृषि मन्त्री चक्रपाणी खनाल पनि डेंगु संक्रमित छन् ।  

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । 

 तीन महिना यता डेंगुबाट मर्नेहरूकाे संख्या ६ पुगेकाे छ । डेंगु अहिले देशका ५६ जिल्लामा फैलिएकाे छ । उच्च पहाडी जिल्लाहरूमा समेत डेंगु फैलिँदाेक्रममा छ । सरकारले अहिले सम्म डेंगु  नियन्त्रणका लागि ९ कराेड खर्च गरेपनि प्रभावकारी भएकाे छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *