बानेश्वरबाट १० जुवाडे पक्राउ
२०७६ असोज २ गते

असोज २, काठमाडौँ । बुधबार दिउँसो काठमाडौँको बानेश्वरबाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खनिएको टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित सचेतनामार्गमा रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठाबाट उनी सहित १० जनालाई नगदसहित पक्राउ गरिएकाे हो ।
प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १ लाख २३ हजार ८ सय ३५ रुपैयाँ र १४ बुक तास समेत फेला पारेको छ ।

पक्राउ परेकामाथी कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित









