यस्तो छ तीन दिनको देशभरको मौसमी अवस्था

भाद्र २६, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम सामान्यतय भारी मात्रामा वर्षा हुने अनुमान गरेको छ । देशभर समग्र मौसम आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। यो वर्षा शनिबार सम्म कायम रहने अनुमान गरिएको छ ।   

बिहिबार, शुक्रबार र शनिबार पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।   

मनसुनी न्यून चापीय रेखा हाल औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडि बाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ ।   

null

आगामी तीन दिनको मौसम पूर्वानुमान   

 भाद्र २६ गते (बिहिवार) 

आज दिउँसो देशभरी आन्शिक देखि सामान्य  बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। 

राती देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।  देशको मध्य तथा पश्चिमी भू भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। 

भाद्र २७ गते (शुक्रवार) 

दिउँसो देशभरी आन्शिक देखि सामान्य  बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। 

राती देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भू भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। 

भाद्र २८ गते (शनिवार) 

दिउँसो देशभरी सामान्य  बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। 

राती देशभरी सामान्य रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *