काठमाडौँमा नेपाली सेनाको ट्रकको ठक्करबाट एकको मृत्यु
मकालु खबर
२०७६ भदौ २० गते
भाद्र २०, काठमाडौँ । काठमाडौँमा बिहिबार साँझ नेपाली सेनाको ट्रकले ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक लेख बहादुर पुन रहेक प्रहरीले जनाएको छ ।
काठमाडौँको त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको सेनाको ट्रकले बा८६प ७५० नं. मोटरसाइकललाई ठक्कर दिँदा चालक पुन गम्भिर घाइते भएका थिए ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका पुनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल ठक्कर दिने चालक जीवन अधिकारीलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित