किसानको पक्षमा छौ – राप्ती नगरपालिका

असोज १०, चितवन ।   चितवनको राप्ती नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको वताएको छ ।  

 नगरपालिकाको शुक्रवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी किसानहरुबाट आफुहरुलाई उपेक्षा गरिएको भन्दै गुनासो गरेपछि नगरपालिकाले आफुहरु किसानकै पक्षमा रहेको प्रष्ट्याएको हो ।  

राप्ती नगरपालिका प्रमुख प्रभा वरालले किसानले भने जस्तो कृषि क्षेत्रलाई उपेक्षा नगरिएको वताईन् । नगर समृद्धीकै लागि चालु आर्थिक वर्षमा करिव २ करोड विनियोजन गरिएको वताईन ।राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले समस्याहरुलाई प्राथमिकिकरण गरेर योजना कार्यान्वयन गरिरहेको वताए ।  

कार्यक्रममा भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले कृषि र पशुपालनको क्षेत्रमा ज्यादै न्युन वजेट विनियोजन गरिएको भन्दै असन्तुष्ठी जनाए । राप्ती ४ का किसान चिन्तामणी दाहालले किसानको हित हुने योजना ल्याउनु पर्ने वताए ।  

किसान जहिले पनि हेपिएको अवस्थामा छ दाहालले भने –  कृषिमा अनुदानको व्यवस्था भए किसानको आर्थिक स्थिती माथि उकासिने थियो । 

कार्यक्रममा कृष्ण भक्त सेढाई,सुदिप गौतम,रविन्द्र कुमार सेढाई लगायतले सरसफाई,योजनाको प्रभावकारी अनुगमन तथा काम,लक्षित वर्गलाई शीपमुलक तालिम आदिको व्यवस्था गर्नु पर्ने माग गरे ।  

सेवा प्रदायक संस्था परफेक्ट मिडिया सोलुसनका संचालक धु्रवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले प्रशासनीक विषयमा उठेका जिज्ञासा, राप्ती ५ की वडाध्यक्ष मेनुका पाठकले वडाका विषयमा उठेका जिज्ञासालाई सम्वोधन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =