भृकुटीमण्डपमा सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो (फाेटाेफिचर)

भदौ २५, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज (बुधबार) देखि फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ ।   

भदौ २९ गतेसम्म चल्ने सातौँ संस्करणकोे उक्त मेलाको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरे । पहिलो दिनमै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको उक्त मेलाको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ ।   

५ दिनसम्म चल्ने एक्सपोमा स्वदेशी तथा विदेशी गरी १ सय २० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहेका छन् ।   

स्टलमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजार लगायतका उत्पादनहरु राखिएको छ ।   

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्सपोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् भने नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसियनले सहयोग गरेको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ ।   

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *