चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने सरकारको निर्णय

भदौ २७, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डा.श्रीकृष्ण गिरील  नियुक्त हुने भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।   

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले छनोट गरी पठाएका ९ जनामध्येबाट ३ जना  ३ जनाको नाम छनोट गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो । 

सोही नाममध्ये तस्रो नम्बरमा रहेका प्राध्यापक डा.गिरीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद बैठकल निर्णय गरेको श्रोतले जनाएको छ ।  आफ्नो प्रस्तुती र अन्तरर्वार्ताका आधारमा छानिएका तीनजनामध्ये १ नम्बरमा  प्रा.डा.सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा.शम्भुकुमार पहारी र तीन नम्बरमा मात्रै प्रा.डा. श्रीकृष्ण गिरीको नाम समितिले सिफारिस गरेको थियो । 

श्रोतका अनुसार उनीहरुको प्रस्तुती र अन्तर्वार्ता उत्कृष्टताको आधारमा नै १,२ र ३ नम्बर छुट्याइएको थियो । तर मन्त्रिपरिषद बैठकले भने ३ नम्बरमा रहेका प्रा.डा. गरिलाई छनोट गरेको छ ।   

आयोगको उपाध्यक्षमा नियुक्त भएका डा.गिरी नेपाल सरकारका ११ औं तहका चिकित्सक हुन् । उनी राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक विभागको प्रमूखका रुपमा कार्यरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *