मध्यरातमा गाउँपालिकाको गाडी जल्यो, कस्ले गर्यो आगजनी ?
२०७६ भदौ २९ गते

भदौ २९, सल्यान । सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेका छन् । गाउँपालिकाको कार्यालय अगाडि पार्किङ गरेर राखेको टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडीमाथि शनिबार राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राति करिब साढे ११ बजे आगजनी भएको प्रहरीको अनुमान छ । आगजनी कस्ले र किन गर्यो भन्ने विषयमा खुल्न सकेको छैन । आगजनीका विषयमा घटना स्थल पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरिसकेको छ ।
केही समयअघि ३७ लाख ३० हजार रुपैयाँमा खरिद गरिएको उक्त गाडी जलेर पूर्ण रुपमा क्षति भएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।
null
२०७६ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








