‘रिया सेकुवा एण्ड माछा घर’ मा लोकल स्वाद

असोज ३, सुनसरी । लामो समयदेखि मेडिसिन लाईनमा डेन्टल ल्याबको टेक्निसियनको रुपमा काम गर्दै आएका धरान–१८ का लालबाबु शाहको व्यापार फेरिएको छ ।   

आफनै घरमा लोकल अर्गानिक परिकार पाइने ‘रिया सेकुवा एण्ड माछा घर’ सञ्चालनमा ल्याएसँगै  उनको व्यापार फेरिएको उद्घाटन कार्यक्रममा उनले जानकारी दिए ।   

१० लाखको लागतमा संचालन गरिएको उक्त सेकुवा एण्ड माछा घरको धरान–१८ नम्बर वडाका वडाध्यक्ष प्रविण राईले उद्घाटन गरे ।   

कार्यक्रममा सञ्चालक लालबाबु शाहले माछा घर बिहान १० बजे देखि रातको १० बजेसम्म खुल्ला रहने जानकारी दिए । उनका अनुसार त्यहाँ आर्गनिक तथा लोकल माछा मासुको परिकारहरु पाइनेछ ।   

सेकुवा एण्ड माछा घरमा विशेषगरी बट्टाई, माछा, परेवा, हास र लोकल कुखुराको परिकार पाइने बताइएको छ ।   

माछा घरमा असोज २ गते बिहिबार देखि ४ गतेसम्म हरेक परिकार तथा पेय पदार्थमा १० प्रतिशत छुट दिइने पनि शाहले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *