समुदाय प्रहरी साझेदारीमा नेपालमै पहिलाे पल्ट चन्द्रागिरिमा फुटसल

भाद्र १७, काठमाडौं । नेपाल प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत युवा, कर्मचारी सञ्चारकर्मी तथा जनप्रतिनिधि वीचको एकतालाई थप प्रगाढ बनाउन ‘‘स्वास्थ्य र सम्वन्ध सुधारका लागि खेलकुद” भने मुल नाराका साथ चन्द्रागिरिमा फुटसल प्रतियोगिता हुने भएको छ । 

समुदाय   प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा उक्त  फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यहि भदौ १८,१९,२० गते चन्द्रागिरि स्थित हाईभिजनको चन्द्रागिरि फुटसल मैदानमा हुने महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरिक्षक गायत्री राज शर्माले जानकारी दिए ।   उक्त फुटसल प्रतियोगितमा सञ्चारकर्मी, नेपाल प्रहरी र चन्द्रागिरि नगरपालिका  लगायत १७ टिम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।   

उक्त प्रतियोगिताका लागि भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरले सञ्चारकमी टीमलाई जर्सी प्रदान गरेको छ । चन्द्रागिरि नगरपालिकाका स्थानिय बसोवास गर्दे आएका  सञ्चाकर्मीलाई मंगलवार एक कार्यक्रमका विच फुटसल जर्सी प्रदान गरिएको हो । कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरका सञ्चालक पुर्ण श्रेष्ठ र रामनारायण घिमिरेले सञ्चारकर्मीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन । 

कार्यक्रममा वोल्दै भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टर गुर्जुधाराका सञ्चालक रामनारायण घिमिरेले समाजिक उत्तरदायित्व अन्तर्गत हाम्रो साथ र सहयोग निरन्तर रहने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *