‘पोई प‍र्यो काले’ को फष्टलुक सार्वजनिक

भाद्र १५, काठमाडौँ ।  कात्तिकको ८ गते प्रदर्शन मिति राखिएको चलचित्र ‘पोई  पर्यो काले’को फष्टलुक सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको फष्ट लुकमा कलाकार सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर, पूजा शर्मा र श्रृष्टि श्रेष्ठलगायतको कलाकारलाई फिचर्ड गरिएको छ ।   

चलचित्रमा नायक सौगात  नायिका पूजाको श्रीमान्को भूमिकमा देखिनेछन् ।  शिशिर राणाको निर्देशन र लेखनमा तयार  पारिएको यस चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी रहेको छ ।   

किरण नेपालीको प्रस्तुतिमा तयार भएको ‘पोई  पर्यो काले’मा  अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता रहेकी छिन् ।   

कमेडी र सामाजिक कथामामा तयार भएको यस चलचित्रमा सौगात, पूजा, श्रृष्टी र आकाशको अलवा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल लगायतका कलाकारको  भूमिका रहेको छ  ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *