प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छः बालकृष्ण खाँड

असोज १३, जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपालको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाटै खतरा रहेको बताएका छन् । 

उनले सोमबार नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।   

खाँडले दुई तिहाईको आडमा नेकपाले संविधानको मूल्यमान्यताको विपरीत बहुमतको दुरुपयोग गरेर सबै निकायहरु प्रधानमन्त्री मातहत राखेर एकीकृत शासन गर्न लागेको खाँडले आरोप लगाएका छन् । उनले हालको संविधानबाट सबै समुदाय संतुष्ट नभएकोले यसलाई परिमाजर्न गरिनुपर्ने बताएका छन् ।   

Image result for नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड

उनले भने, ‘नेपालको संविधानले सूचना सम्बन्धी मौलिक अधिकार दिएको छ, प्रेस स्वतन्त्रता यस संविधानको सबैभन्दा राम्रो पक्ष हो तर सरकारले सूचना प्रविधि विद्येयक होस् वा विज्ञापन विद्येयक होस् वा मिडिया काउन्सिल विद्येयक होस्, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ ।’ 

उक्त पत्रकार सम्मेलनमा खाँडले नेकपाले चीनको जस्तो शासन ल्याउने तयारी गरिरहेको आरोप  समेत लगाएका छन्।   

नेकपालाई यस्तो आरोप लगाउँदै उनले भने ‘नेकपाको सरकारले छिमेकी राष्ट्र चीनको जस्तो शासन ल्याउन खोज्नु नेपालको संविधानको बर्खिलाप हो’, उनले भने, ‘नेपालको राज्य प्रणालीमा चीनको शासनशैली आत्मसात गर्न खोज्ने क्रियाकलापप्रति कांग्रेसको आपत्ति छ।’   

नेता खाँडले नेकपा र सरकारका क्रियाकलापले लोकतन्त्र र संविधानमाथि नै प्रहार गरेको भन्दै लोकतन्त्र र संविधानबाहिर नजान चेतावनी समेत दिएका छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *