प्रतिनिधी सभामा राहदानी विधेयकको संशोधन स्वीकृत

असोज २, काठमाडौँ । बिहिबार बसेको  प्रतिनिधी सभाको बैठकबाट “राहदानी विधेयक, २०७५ को संशोधन सर्वसम्मतले  स्वीकृत भएको छ ।   

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार बसेको संसद बैठकमा “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव पेश गरेका थिए । 

काँग्रेस सांसद पुष्पा भुषालले विधेयकमाथिको बैठकमा सहभागी जनाउँदै  राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताएकी थिईन् । 

Image result for परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

सोही बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा  उठेका प्रश्नको जवाफ फर्काएका थिए ।  उनले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसै अनुसारको व्यवस्था विधेयकमा गरिएको बताउनुको साथै कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए ।   

सभामुख महराले परराष्ट्रमन्त्री  ज्ञवालीको  जवाफ सुनेपछी  विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए । 

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *