मध्यरातमा यात्रुवाहक बसको ठक्करले पैदल यात्रुको मृत्यु
मकालु खबर
२०७६ असोज ५ गते
असोज ५, चितवन । मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर नगरपालिका –२९ भतेरीमा यात्रुवाहक बसले ठक्कर दिएर एक पैदल यात्रुको मृत्यु भएको छ ।
शनिबार राति १२ बजेतिर काठमाडौँबाट रोल्पा जाँदै गरेको ना ४ ख २६०७ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदल यात्रुको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा गाईघाट नगरपालिका–६ स्थायी घर भई हाल चितवन भरतपुर नगरपालिका २९ भतेरीमा मजदुरी गर्दै आएका करिब ४५ वर्षीय रामप्रसाद राजधामी रहेका छन् ।
यात्रुवाहक बस र चालकलाई ईलाका प्रहरी कार्यालय रामनगरले नियन्त्रणमा लिएको छ ।
null
मकालु खबर
२०७६ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित