प्रधानमन्त्रीलाई धेरै मानिस भएको ठाउँमा नजान चिकित्सकको सुझाव
भदौ २३, काठमाडौँ । दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवैतर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । आइतबार उनले बालुवाटारमै मन्त्रिपरिषद् बैठक डाके । त्यहाँ केही सचिव बढुवा र चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा हुने एजेन्डासम्बन्धी विषयमा छलफल गरे ।
आइतबार नै सरकारले आयोजना गरेको निजामती सेवा दिवससम्बन्धी औपचारिक कार्यक्रम थियो । विगतमा प्रधानमन्त्री नै त्यो कार्यक्रममा जान्थे । यस पटक प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्रीलाई पठाए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पनि ओली गएका छैनन् । हुन त यसअघि पनि प्रधानमन्त्री सिंहदरबारस्थित कार्यालय दैनिक जाँदैनथे । बालुवाटारस्थित निवासमै मन्त्रिपरिषद् बैठकदेखि भेटघाटलगायतका काम गर्ने छुट्टै कार्यालय छ ।
प्रधानमन्त्री ओलीले औपचारिकताका लागि भेट्न आउने केही व्यक्तिलाई पनि समय दिए । श्रीलंकाका लागि राजदूतमा सिफारिस नारद भारद्वाज प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
null