काठमाडौँमा माइक्रोबस तोडफोड गर्ने २ जना पक्राउ

असोज १३, काठमाडौँ । गएराती प्रहरीले काठमाडौँमा पार्किङमा राखेकाे माइक्रोबस तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौंको शंखमुलस्थित पार्किङ गरी राखेको माइक्रोबस तोडफोड आरोपमा काठमाडौं बालाजुका गोरखा मैलुङ गाउँपालिका ८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्कालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीलअनुसार मादक पदार्थ सेवन गरी लठठ् भएका उनीहरुले बा ४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गरी क्षती पुगाएका हुन् ।   

Image result for माइक्रोबस तोडफोड

पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *