लागू औषध नियन्त्रणका लागि र्याली

भद्र १७, चितवन ।  लागू औषध सेवनमा अत्याधिक मात्रामा युवाहरु संलग्न हुन थालेपछि युवाहरुकै नेतृत्वमा चितवनको रत्ननगरमा सचेतना मुलक वृहत र्याली तथा सभा गरिने भएको छ । 

रत्ननगर स्थित शुरदेवी युवा क्लवको नेतृत्वमा यही भदौ २० गते र्याली तथा सचेतना सभा गर्न लागिएको हो ।  १५,१६  वर्ष उमेरदेखीका युवाहरुनै लागू औषधको सिकार वन्दै गएकाले त्यसको नियन्त्रणका लागि कार्यक्रम गर्न लागिएको मंगलवार आयोजित पत्रकार भेटघाटमा शुरदेवी युवा क्लवका सल्लाहाकार सरोज भण्डारीले वताए । 

 ४५ लाख भन्दा वढी युवा विदेशमा छन्, भएका युवा कुलतमा फस्ने क्रम बढ्दो छ क्लवका सल्लाहाकार भण्डारीले भने –  युवाहरुकै नेतृत्वमा रोकथामको उपाय नगरे विकराल अवस्था हुन सक्छ । वृहत र्यालीमा करिव २ हजार भन्दा वढी मानिसहरु उतार्ने तयारी छ ।  

भण्डारीका अनुसार र्यालीमा विद्यार्थी, शिक्षक, वुद्धिजिवी, समाजसेवी, प्रहरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई सहभागी गराईने छ । नेपाली माविको चौरबाट सुरु हुने र्याली आधारभूत विद्यालय अमिलियामा पुगेर सभामा परिणत हुने क्लवका अध्यक्ष जीत वहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रदेश सांसद कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा हुने छ । 

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *